You are viewing the translated version of राष्ट्रिय तथ्याङ्क प्रणाली बिकास योजना.

Section 5
राष्ट्रिय तथ्याङ्क प्रणाली बिकास योजना
(१) परिषद्ले राष्ट्रिय तथ्याङ्क प्रणालीको समग्र विकास, व्यवस्थापन र सञ्चालनका लागि आवधिक रूपमा राष्ट्रिय तथ्याङ्क प्रणाली विकास योजना तर्जुमा गर्नेछ।
(२) उपनियम (१) बमोजिमको योजना नेपाल सरकारबाट स्वीकृत भए पछि लागू हुनेछ।
(३) उपनियम / (२) बमोजिमको स्वीकृत योजनामा आधारित भएर तथ्याङ्क उत्पादनकर्ताले तथ्याङ्क सम्बन्धी वार्षिक कार्यक्रम सञ्चालन गर्नु पर्नेछ ।
(४) उपनियम (२) बमोजिमको राष्ट्रिय तथ्याङ्क प्रणाली विकास योजनाको सम्बन्धमा कार्यालयले मध्यावधि र अवधि समाप्त भएपछि समीक्षा प्रतिवेदन तयार गरी परिषद्‌ समक्ष पेस गर्नु पर्नेछ।